Rato Tika Nidharma
Feature Film Love StorySep 27, 2019Hall Release
News
१६ लाख पारिश्रमिक बुझ्दै ‘रातो टिका निधारमा’मा साम्राज्ञी अनुबन्धित
१६ लाख पारिश्रमिक बुझ्दै अभिनेत्री साम्राज्ञी आरएल शाह अशोक शर्माको चलचित्र ‘रातो टिका निधारमा’मा अनुबन्धित भएकी छिन । पछिल्लो समयकी चर्चित अभिनेत्री साम्राज्ञीले सोमबार औपचारिक रुपमा उक्त चलचित्रका लागि हस्ताक्षर गरेकी हुन । अशोक शर्माले निर्माण/निर्देशन गर्ने चलचित्रका लागि निर्माण टिमका तर्फबाट अशोक र साम्राज्ञी बिच औपचारिक रुपमा सम्झौता भएको हो ।
बैशाखको अन्तिम साताबाट छायाँकन सुरु गरिने जनाइउको चलचित्र दशैको अवसर पारि प्रदर्शन हुने बताइएको छ । अशोकले अघिल्लो चलचित्र ‘जय भोले’को रिलिजसँगै आगामी दशैकमा रातो टिका निधारमा प्रर्शन हुने घोषणा गरेका थिए ।

चलचित्रमा साम्राज्ञीका अलवा बुद्धि तामाङ, रविन्द्र झा, निता ढुङ्गाना, लक्ष्मी गिरी, शिवहरी पौडेल, राजाराम पौडेल, जयनन्द लामालगायतका कलाकारको अभिनय रहने छ । एक दशक अघिको सुपरहिट चलचित्र ‘अल्लारे’को हिट गीत ‘रातो टिका निधारमा’बाट चलचित्रको नाम राखिएको हो ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



