Rato Tika Nidharma

Feature Film Love StorySep 27, 2019Hall Release

News

‘रातो टिका निधारमा’को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ श्रावन २३
‘रातो टिका निधारमा’को गीत सार्वजनिक

चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई फिचर्ड गरिएको छ ।

नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको गीतमा मल्लको शब्द, कल्याण सिंहको संगीत र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । ‘रातो टिका निधारमा’ बाट नै अंकितले चलचित्रमा डेव्यु गरेका छन् ।

अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ दशैँमा रिलिज हुँदैछ । यद्यपी दशैको कुन दिन भन्ने अझै टुङ्गो नलागेको अशोकको भनाई छ । किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

ए।ए ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।