Rato Tika Nidharma
Feature Film Love StorySep 27, 2019Hall Release
News
हिरोइन लिएर स्कुल पुगे अंकित
चलचित्र ‘रातो टिका निधारमा’को प्रमोशनका लागि डेव्यु अभिनेता अंकित शर्मा आफुले पढेको स्कूल पुगेका छन् । चलचित्रको टिम लिएर काभ्रेको पनौतीस्थित मल्पी इन्टरनेशनल स्कुलमा पुगेका अंकितले त्यहाँ अध्ययनरत् विद्यार्थीसँग अन्तरक्रिया गरे ।
मल्पी स्कुलका प्रिन्सिपल र विद्यार्थीले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अंकितले आफ्ना अनुभव सुनाएका थिए । १० कक्षासम्मको अध्ययन शिलशिलामा आफुले भोगेका र जानेका कुरा उनले विद्यार्थी सामु पेस गरे । शिक्षक र बिद्यार्थीले अंकितको आगामि यात्रा र असोज १० गतेबाट प्रदर्शन हुने चलचित्रको सफलताको कामना गरे । सो अवसरमा अंकितले भने – ‘हामीले बाबु आमाको करकापमा यस्तो बन्ने, उस्तो बन्ने भनेर पढ्नु भन्दा पनि आफुलाई जुन विषय र क्षेत्रमा इच्छा जाग्छ, त्यतैतिर ध्यान लगाएर पढ्नु पर्छ । तब मात्र हामि पढाईमा सफलता हाँसिल गर्न सक्छौँ ।’
यस्तै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह होस्टेलमा विताएका बाल्यकाल सम्झेर केहि भावुक भइन । ‘होस्टेल जीवनमा सबैभन्दा बढी फ्यामिली मिस गर्थ्ये । बाल्यकाल उहाँहरुसँगै वितोस भन्ने चाहना हुन्थ्यो । तर, पनि होस्टेलका साथीहरुलाई हेरेर चित्त बुझाउथे । उहाँहरुले साथले कहिले काहिँ परिवार नै बिर्साइदिन्थ्यो ।’ उनले भावुक स्वरमा बाल्यकालको होस्टेल जीवन स्मरण गरिन् । उक्त अवसरमा अंकित र साम्राज्ञीसँगै निर्देशक अशोक शर्मा र कलाकार रविन्द्र झा पनि उपस्थित थिए ।
चलचित्रमा साम्राज्ञी, अंकित ररविन्द्र झाका अलवा खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, निता ढुङ्गाना, कमला रेग्मीलगायतका कलाकारको अभिनय रहेको छ ।
ए.ए. ग्रुप अफ कम्पनीजबाट निर्माण भएको चलचित्रमा किरण शर्मा र कृति शर्माले लगानी गरेका छन् । चलचित्रमा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन र राजेश शाहको भिएफएक्स छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



