Pujar Sarki
UA Feature Film Social DramaMay 23, 2024Hall Release
News
‘पुजार सार्की’को गीत ‘रिमै’ सार्वजनिक
चलचित्र ‘पुजार सार्की’मा समावेश ‘रिमै’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दिनेश राउतको शब्द, सुवास भुषालको संगीत र देबेन्द्र बराल र मुना ठट्टालको स्वर रहेको छ ।
चलचित्रका बिभिन्न दृष्यहरु समाबेश गीतमा कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बूलाई देख्न सकिन्छ । गीतले आर्यन–अञ्जना र प्रदिप–परिक्षा बिचको प्रेमलाई देखाएको छ ।
दिनेश राउतको निर्देशन रहेको चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ । विकास सुवेदीको लेखन रहेको चलचित्र जेष्ठ १० गतेबाट प्रदर्शन हुँदैछ ।
जातीय विभेदविरुद्धको कथा भन्ने चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन र भरत रेग्मीको सम्पादन रहेको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


