Pujar Sarki
UA Feature Film Social DramaMay 23, 2024Hall Release
News
‘पुजार सार्की’को ब्यापार शनिबार थप आक्रामक, दर्शक भेट्न हलमा कलाकार
बिहीबार बुद्ध जयन्तीको दिनदेखि प्रदर्शनमा आएको चलचित्र ‘पुजार सार्की’ले पहिलो दिन नै ‘ग्रान्ड ओपनिङ’ गरेको थियो । दोस्रो दिन शुक्रवार सार्वजनिक बिदा नभएता पनि चलचित्रले सुखद व्यापार कायम राख्यो । तेस्रो दिन शनिवार चलचित्रको व्यापारमा अझै आक्रामक व्यापार देखिएको छ ।
शनिवार बिहानै देखि देशभरका सबै हलमा हाउसफुल व्यापार देखिएको छ । दोस्रो शोहरूमा पनि उल्लेखनीय व्यापार देखिएको छ भने मध्यान्हदेखिका प्रायः शो हाउसफुल भइरहेको वितरक रोहित कट्टेलले बताए । शनिवार दिनभर ‘पुजार सार्की’का कलाकारहरू हल भिजिटमा हिँडिरहेका छन् । बिहानी शो मा भक्तपुरको क्यूएफएक्स सिनेमाजमा पुगेका कलाकारहरू त्यसपछि एफक्युब सिनेमा, चाबहिल पुगेका थिए ।
मध्यान्हमा बिग सिनेमा, कमलपोखरी र अष्टनारायण हल, बालाजुमा पनि चलचित्रको टिमले सहभागिता जनाउने छ । त्यस्तै, शनिवार नै फाइनल रहेको चर्चित रियालिटी शो ‘पोएट आइडल’मा पनि कलाकारहरू पुग्नेछन् । त्यहाँ अभिनेता प्रदीप खड्काले कविता सुनाउने कार्यक्रम रहेको निर्देशक दिनेश राउतले बताए ।
नेपालका तीन सुपरस्टारहरूले एकसाथ अभिनय गरेको यो चलचित्रबाट नेपाली चलचित्रका दर्शकहरूमाझ व्यापक क्रेज हलमा फर्किएको छ । कलाकारहरू हल पुग्दा थामिनसक्नु भिड देखिएको छ ।
विकास सुवेदीले लेखेको चलचित्रका निर्माता सुवास भुसाल हुन् । चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख अभिनय रहेको छ । चलचित्रले जातीय विभेदको विषयमा ठुलो प्रश्न खडा गरेको छ । ओभरसिजमा पनि ‘पुजार सार्की’ले आक्रामक व्यापार सहित उत्कृष्ट प्रतिक्रिया मिलिरहेको बताइएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


