Prem Geet 3

Feature Film Love StorySep 23, 2022Hall Release

News

‘प्रेमगीत ३’मा यस्तो देखिए सुनिल थापा

लेन्सनेपाल २०७६ पौष १८
‘प्रेमगीत ३’मा यस्तो देखिए सुनिल थापा

चलचित्र ‘प्रेमगीत ३’को अर्को क्यारेक्टर पोष्टर सार्वजनिक भएको छ । निर्माण टिमले अभिनेता सुनिल थापाको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको हो ।

हाल चलचित्रको छायाँकन मनाङमा भइरहेको छ । सोही स्थानमा छायाँकन हुँदाकै बखतको क्यारेक्टर लुक्सलाई पोष्टरमा स्थान दिइएको हो । पोस्टरमा कलाकार थापाको अवतार प्रभावशाली लाग्छ । भारी हिउँ परिरहेको बेलामा उनि कुनै पदयात्राको लागि निस्किएको पोस्टरले वर्णन गर्छ । एक पोस्टरमा उनले पौराणिक बाजा बजाइरहेका छन् । जसले दर्शकमा कौतुहलता पैदा गर्न सक्छ । 

चलचित्रमा थापाको भुमिका कस्तो छ भन्ने बारे भने निर्माण पक्षले थप केही खुलाएको छैन । उनको भूमिका दर्शकलाई सरप्राइज सावित हुने निर्माता तथा निर्देशक सन्तोष सेनको विश्वास छ । 

दर्शकको लागि राम्रो चलचित्र पस्किन आफुहरुले मनाङको माइनस डिग्रीको चिसोमा मेहनतका साथ काम गरिरहेको सेनको भनाई छ ।