Prem Geet 3
Feature Film Love StorySep 23, 2022Hall Release
News
महङ्गो रकममा बिक्दै ‘प्रेमगीत ३’
‘प्रेमगीत ३’ को विदेश राइट्स विक्री शुरु भएको छ । निर्माता सन्तोष सेनले दिएको जानकारी अनुसार चलचित्रको नर्थ अमेरिकाका क्यानडा, मेक्सिको र अमेरिकाका लागि प्रदर्शन राइट्स बिक्री भएको हो ।
अमेरिका बस्दै आएका कलाकार तथा ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले ४५ हजार अमेरिकी डलरमा प्रदर्शन राइट्स खरिद गरेका हुन् । उक्त देशहरुबाट यति मोटो रकम प्राप्त गर्ने यो चलचित्र नै पहिलो हो ।
प्रि–प्रोडक्सनबाट नै चर्चामा रहेको यो चलचित्रको केही दिन अघि पहिलो गीत ‘हात्ती ढुंगामा’ सार्वजनिक भएको थियो । गीत सार्वजनिक भएपछि बिदेशी बजारमा माग बढेको निर्माता सेनले जनाएका छन् । सन्तोष सेन र छेतन गुरुङको निर्देशन रहेको चलचित्र ‘प्रेमगीत’को तेस्रो सिक्वेल हो ।
चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको अभिनय छ । डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्ने चलचित्रमा कल्याण सिंह र एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी, बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन र छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको छ ।
यो बर्षको बहुप्रतिक्षित चलचित्र चैत २८ गतेबाट प्रदर्शनमा आउँने छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



