Prem Geet 3
Feature Film Love StorySep 23, 2022Hall Release
News
‘प्रेमगीत ३’ को ‘हर युग होस’ सार्वजनिक
‘प्रेमगीत ३’ को ‘हर युग होस’ गीतको भिडियो सार्वजनिक भएको छ । असोज ७ गतेबाट नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने लागेको फिल्मको गीत आज सार्वजनिक भएको हो ।
प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतको नयाँ संस्करणमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा एलिश कार्कीको सङ्गीत छ । गीतको भिडियोमा प्रदीप खड्का र क्रिस्टिना गुरुङलाई देख्न सकिन्छ ।
सन्तोष सेनको निर्माण तथा निर्देशनमा बनेको फिल्म निर्देशनमा सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन् । फिल्मको कथा पनि निर्देशक गुरुङले नै तयार पारेका हुन्।
प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय छ।
राजेश श्रेष्ठ र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको फिल्मलाई सञ्जय सक्ला, बनिष शाह र भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



