PR

Feature Film DramaDec 12, 2025Hall Release

News

सुरज र विनिता अभिनित चलचित्र ‘पीआर’को ट्रेलर रिलिज

लेन्सनेपाल २०८२ मंसिर १६
सुरज र विनिता अभिनित चलचित्र ‘पीआर’को ट्रेलर रिलिज

शोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘पीआर’को ट्रेलर रिलिज गरिएको छ । मंगलबार निर्माण टिमले पत्रकार सम्मेलन गर्दै ३ मिनेट १ सेकण्ड लामो ट्रेलर रिलिज गरेको हो ।

ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुहरुको कथालाई बाचन गरिएको छ । रिण खोजेर अष्ट्रेलिया पुगेका युवाहरुको सपना पीआर लिने भन्ने हुन्छ । तर, यता नेपालबाट रिणमा पठाएको छोराले पैसा पठाउन नसक्दा र उताको परिस्थिति बुझ्न नसक्दाको अवस्थालाई निर्देशक बस्नेतले पर्दामा उतारेका छन् । ट्रेलर हेर्दा चलचित्रमा प्रेम, बिछोड तथा आफ्नो देश आफ्नै हुन्छ भन्ने सन्देश दिन खोजिएको देखिन्छ ।

मंसिर २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको चलचित्रको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका कलाकारहरु आर ए सुरज पौडेल र विनिता कार्की नेपाल आएका छन् । उनीहरुको मुख्य भुमिका रहेको चलचित्रमा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।

सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको चलचित्रको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीको छ भने लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी गरेका छन् । सौरभ सायमी र सौरभ लामालेको छायांकन रहेको चलचित्रको सम्पादन बन्दे प्रसादले गरेका छन् ।