PR
Feature Film DramaDec 12, 2025Hall Release
News
हङकङ–मकाउ र पोर्चुगलका लागि ‘पीआर’को प्रदर्शन अधिकार बिक्री
शोभित बस्नेत निर्देशित चलचित्र ‘पीआर’ हङकङ–मकाउ र पोर्चुगलमा पनि प्रदर्शन हुने भएको छ । निर्माण पक्षले हङकङ र पोर्चुगलमा प्रदर्शन अधिकारी विक्री गरेको जानकारी दिएको छ ।
निर्देशक बस्नेतका अनुसार हङकङमा प्रदर्शन अधिकार हिमालयस क्राफ्ट एचके लिमिटेडका निर्देशक आकाश बन्जाराले किनेका हुन् । त्यसै गरि पोर्चुगलका लागि कावासोती पोर्चुगल संघका प्रतिनिधि सुकदेव अधिकारी र महेश न्यौरेले प्रदर्शन अधिकार लिएका छन् । यो सँगै नेपाल सहित जापान, अष्ट्रेलिया, न्युजल्याण्डसँगै हङकङ र पोर्चुगलमा पनि ‘पीआर’ प्रदर्शन हुने छ ।
निर्देशक बस्नेतले अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भइरहेको जनाए । चलचित्रका प्रस्तुतकर्ता रञ्जित साह (आरएफएम फ्यासिलिटी म्यानेजमेन्ट) र सन्तोष तिवारी (क्यारियर्स गेटवे)का अनुसार पछिल्ला दिनमा विदेशबाट आएको माग निकै उच्च रहेको र यसले चलचित्रको अन्तर्राष्ट्रिय आकर्षण बढेको छ ।
यहि मंसिर २६ गतेबाट प्रदर्शन आउन लागेको चलचित्र एक महिनाअघि अष्ट्रेलियाकै विभिन्न स्थानमा विशेष शो गरेको थियो । उक्त शो हेरेका अधिकांश दर्शकले चलचित्र राम्रो बनेको प्रतिक्रिया दिएका थिए । चलचित्रमा आर.ए.सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ भने विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्कीलाई पनि देख्न सकिन्छ ।
रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुति रहेको चलचित्रमा लक्ष्मण सापकोटा र प्रदीप दाहालको लगानी छ । चलचित्र बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको कथा, सौरभ सायमी र सौरभ लामाको छायाँकन र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire


