Nango Gaun

Feature Film Political DramaSep 15, 2023Hall Release

News

प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ

लेन्सनेपाल २०८० भाद्र २८
प्रिमियरमा ‘नाङ्गो गाउँ’ले पायो तारिफ नै तारिफ

चलचित्र ‘नाङ्गो गाउँ’को प्रिमियर गरिएको छ । बुधबार बेलुकी राजधानीको सितापाइला स्थीत सिके सिनेमाज्मा चलचित्रको प्रिमियर गरिएको हो । प्रिमियरमा पुगेका चलचित्रकर्मी र मिडियाकर्मीले चलचित्रको बिषयवस्तुको तारिफ गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको प्रिमियरमा निर्देशक नरेश पौडेल, दीपाश्री निरौला, कलाकार जितु नेपाल, नायक कुन्साङ बोमजम लगायत पुगेका थिए । प्रिमियरमा पुगेका अधिकांशले यसले देखाउन खोजेको बिषयवस्तुलाई आम दर्शकले हेर्नुपर्ने बताए ।

प्रिमियरमा पुगेका गायक राजेश पायल राइले सामाजिक संजालमार्फत चलचित्रको तारिफ गरेका छन् । उनले, एउटा उत्कृष्ट चलचित्र आफूले हेर्न पाएको र आम मानिसले यो चलचित्र हेर्नुपर्ने तर्क गरे ।

यस्तै, निर्देशक दीपाश्री निरौला, कलाकार जितु नेपाल, निर्देशक नरेश पौडेल लगायतले पनि फिल्मको बिषयवस्तु शक्तिशाली रहेको बताए । चलचित्रले निर्वाचनमा भोट दिनु अगाडि सय पटक सोच्न जनतालाई सचेत गराएको उनीहरुको भनाई थियो । यस्तै, नायक कुन्साङले चलचित्रलाई शत प्रतिशत रेटिङ दिने भन्दै एउटा राम्रो कथामा चलचित्र हेरेको बताए ।

प्रिमियरमा चलचित्रका मुख्य कलाकारहरु दयाहाङ राई, मिरुना मगर र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेका थिए । उनीहरुले प्रिमियरमा पाएको प्रतिक्रियाले उत्साहित भएको तर्क गरे । हिमाल कडरिया प्रस्तुतकर्ता रहेको यो चलचित्रमा जय श्रेष्ठको लगानी छ भने चलचित्रका कार्यकारी निर्माता रामहरि श्रेष्ठ हुन् ।

चलचित्रमा आलोक शुक्लाको डीओपी, बनिष शाहको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, सुशान्त गौतम र दीपक शर्माको संगीत छ । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरु निकै उत्साहित भएको निर्देशक दीपेन्द्र लामाले बताए । यसअघि पनि सामाजिक कथामा नै चलचित्र निर्देशन गर्दै आएका लामाले यसपटक जनतालाई सचेत गराउने काम चलचित्रमार्फत गरेका छन् ।