Nango Gaun

Feature Film Political DramaSep 15, 2023Hall Release

News

भदौ २९ मा चलचित्र ‘नाङ्गो गाउँ’

लेन्सनेपाल २०८० बैशाख १०
भदौ २९ मा चलचित्र ‘नाङ्गो गाउँ’

चलचित्र ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ । दिपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको चलचित्र महिलाहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गर्दै  भदौको २९ गतेबाट प्रदर्शन हुने भएको छ ।

निर्माण टिमले चलचित्रको पोष्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । चलचित्रमा दयाहाङ राई, मिरुना मगर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको चलचित्रमा जय श्रेष्ठको लगानी छ ।

पोष्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ ।