Mohar
Feature Film Social DramaAug 08, 2025Hall Release
News
‘मोहर’को टिजर सार्वजनिक, ‘देउकी’को कथा
चलचित्र ‘मोहर’को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्रलाई नलेखिएको नियमको कथा भनिएको छ । चलचित्रले ‘देउकी’को कथा प्रस्तुत गरेको बलियो संकेत टिजरले गरेको छ । बाइसे राज्यको समयमा मन्दिरमा देवी देवताको सेवा गर्न कन्या चढाउने प्रचलनलाई देउकी प्रथाका रुपमा बुझ्ने गरिन्छ ।
ओम प्रतिकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशिल देवकोटा, लक्ष्मीनाथ तिमिल्सिना, सिद्धार्थ सिंह, माधव दत्त पण्डित, गीता थापा, नविन खतिवडा लगायतको अभिनय छ ।
सार्वजनिक टिजरमा नायक पल शाहको दोहोरो अवतार देख्न सकिन्छ । पल लामो र छोटो कपालमा देखिएका छन् । कपाल लामो भएको गेटअपमा पलको कथा अभिनेत्री बेनिशा हमाल र बाल–कलाकार सारा शर्मासँग जोडिएको छ । उनी देउकी चढाउन लागेकी बच्चीलाई बचाउन खलपात्रसँग लडिरहेका छन् । अर्कोमा भने उनी अभिनेत्री नीति शाहसँग प्रेमिल भावमा प्रस्तुत छन् ।
चुम्बन जंग शही निर्माता रहेको चलचित्रमा दिपेन बस्न्यातको डीओपी, भुपेन्द्र अधिकारीको सम्पादन, कुमार महर्जनको द्वन्द्व निर्देशन, कविराज गतहराज र रामजी लामिछानेको कोरियोग्राफी, सुरेश अधिकारी, थानेश्वर गौतम र एसडी योगीको संगीत, समीर मियाको भीएफएक्स तथा सत्यम रानाको सीजीआई छ । चलचित्र साउन २३ गते रिलिज हुनेछ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

