Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘प्रचण्ड’ भन्छन् – ‘महाभोज’ अहिलेको समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थको साहसिक चित्रण

लेन्सनेपाल २०८२ श्रावन ५
‘प्रचण्ड’ भन्छन् – ‘महाभोज’ अहिलेको समाज, राजनीति र सहकारी आन्दोलनको यथार्थको साहसिक चित्रण

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले अहिलेको नेपाली समाजको, राजनीतिको र सहकारी आन्दोलनको यथार्थको साहसिक चित्रण गरेको बताएका छन् ।

आइतबार साँझ प्रचण्डले राजधानीको बिग मुभिजमा माओबादी केन्द्रका नेता तथा विभिन्न जनवर्गिय संगठनका नेताहरू सहित चलचित्र हेरेपछि प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । सञ्चारकर्मीहरुसँग सक्षिप्त कुराकानी गर्दै प्रचण्डले भने – ‘अहिलेको नेपाली समाजको नेपाली राजनीतिको सहकारी आन्दोलनको बारेमा यथार्थको साहसिक चित्रण गरेको छ । म स्कृप्ट राइटर देखि निर्देशक, कलाकार सबैलाई धन्यबाद भन्न चाहन्छु । आजको यथार्थलाई तपाईहरुले साहसिक चित्रण गर्नु भएको छ, भन्ने मैले अनुभूत गरे । आजको परिस्थितिमा यत्तिको चलचित्र बनाउने हिम्मत जो कोहिले गर्न सक्दैन । जसले गर्‍यो उहाँहरु सबै धन्यबादको पात्र हुनुहुन्छ म सबैलाई धन्यबाद भन्न चाहन्छु राम्रो छ ।’

चलचित्र हलमा चलचित्र प्रति उत्साहजनक प्रतिक्रिया दिएका प्रचण्डले सामाजिक सञ्जालमा समेत चलचित्रको खेलेरै तारिफ गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फ चलचित्र हेर्न आजको पुस्तालाई आब्हान समेत गरेका छन् । प्रचण्ड लेख्छन् – “लामो समयपछि चलचित्र हेर्ने अवसर मिल्यो । आज मैले ‘महाभोज’ चलचित्र हलमै गएर हेरेँ । चलचित्र निकै नै चाखलाग्दो, तथ्यपरक, यथार्थपरक र सन्देशमूलक लाग्यो ।

त्याग र बलिदानबाट सामन्तवादको अन्त्य भए पनि यसको केही अवशेष अझै बाँकी छन् । ‘यही देशमै केही गर्नुपर्छ, गर्न सकिन्छ’ भन्ने अठोटका साथ समाज परिवर्तनका लागि लडेका योद्धाहरू अझै पनि सामन्तवादका विरुद्ध लड्ने साहस राख्छन्, र एकदिन समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश यो चलचित्रले दिन खोजेको छ ।

यस सन्देशलाई जीवन्त अभिनयमार्फत प्रस्तुत गर्ने सम्पूर्ण कलाकार मित्रहरू, निर्माता, निर्देशक तथा निर्माण टिमका सबै सदस्यहरूलाई म मनदेखि धन्यवाद दिन चाहन्छु।

आजको पुस्ताले यो चलचित्र एक पटक अवश्य हेरेर यसको गहिरो भाव बुझुन् भन्ने मेरो हार्दिक अपिल छ ।”

प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वअर्थमन्त्री वर्षमान पुन, नेताहरू पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ लगायत विभिन्न जनवर्गिय संगठनका नेताहरुसँगै चलचित्र हेरेका हुन् । उपत्यका जनसम्पर्क तथा सांस्कृतिक अभियान अन्तर्गत जनसांस्कृतिक महासङ्घ, नेपाल, बागमती प्रदेशको आयोजनामा आज चलचित्र ‘महाभोज’को विशेष प्रदर्शन गरिएको हो ।

विकास सुबेदीको लेखन रहेको चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् । चलचित्रले सहकारी पीडितको कथा भनेको छ ।