Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक

लेन्सनेपाल २०८१ चैत्र १९
‘महाभोज’को गीत ‘मख्खै परेँ’ सार्वजनिक

चलचित्र ‘महाभोज’को ‘मख्खै परेँ’ बोलको गीत सार्वजनिक गरिएको छ । कौडा भाकाको गीतमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर तथा सङ्गीत रहेको छ भने ससिका राईले स्वरमा साथ दिएकी छन् ।

मौसम हिमालीले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका प्रमुख कलाकारहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महतले कौडा नृत्य गरिरहेका छन् । यसका साथै अभिनेता आर्यन सिग्देल र अभिनेत्री सुरक्षा पन्तको उपस्थिति रहेको छ । आर्यनलाई गाउँको सभ्रान्त व्यक्तिको रूपमा प्रस्तुत गरिएको छ भने सुरक्षा उनकी पत्नीको भूमिकामा देखिएकी छन् । भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामारको पोसाकमा देखिन्छन्, जसले चलचित्रको विषय र कथालाई रहस्यमय बनाएको छ । 

दिनेश राउतको निर्देशन रहेको चलचित्रको रिलिज आगामी जेठ १५ गते बिहीबारलाई तोकिएको छ । चलचित्रमा विकास सुवेदीको लेखन र राजेश श्रेष्ठको छायाँकन रहेको छ ।

चलचित्रमा वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको यस चलचित्रका निर्माता हिमाल कडरिया र कार्यकारी निर्माता किरण नेपाली हुन् ।