Mahabhoj
UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release
News
‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक
चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक समारोहकाबीच गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा चर्चित निर्देशक तथा अभिनेता समेत रहेका निश्चल बस्नेत र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । हर्क साउदको शब्द रहेको गीमता कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत रहेको छ ।
सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ । गीतमा मोडल कमल सिंहले विशेष उपस्थिति जनाएका छन् । गीतको भिडियो मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए । कार्यक्रममा उपस्थित कलाकारहरूले चलचित्र तथा गीत छायाङ्कनका अनुभव प्रस्तुत गरे । विशेष गरी दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि चलचित्रका गीतहरूमा नृत्य गरेको बताए ।
गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र ‘पर्व’मा सहकार्य गरेका थिए । सो चलचित्रको चर्चित गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए भने नृत्य समेत गरेका थिए । यस्तै उनले दिनेश निर्देशित चलचित्र ‘प्रसाद’मा अभिनय गरेका थिए ।
क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्र जेठ १५ गते रिलिज हुँदैछ । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय छ । हिमाल कडरिया निर्माता रहेको चलचित्रमा विकास सुबेदीको कथा तथा पटकथा रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



