Mahabhoj
UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release
News
निश्चलको स्वरमा ‘महाभोज’को गीत ‘लालुमै’ रेकर्ड
निर्देशक, अभिनेता तथा गायक निश्चल बस्नेतले चलचित्र ‘महाभोज’को गीतमा स्वर दिएका छन् । हर्क साउदको शब्द र केतन क्षेत्रीको सङ्गीत रहेको ‘लालुमै’ बोलको गीत काठमाडौंको स्टुडियो फिलमा रेकर्ड गरिएको हो ।
आगामी जेठ १५ गते प्रदर्शन हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् । यसअघि दिनेशकै निर्देशन रहेको चलचित्र ‘पर्व’मा पनि निश्चलले ‘काले दाइ’ बोलको गीत गाएका थिए । निश्चललाई त्यही गीतले ‘काले दाइ’को उपमा समेत दिएको थियो । हालसम्म यो गीत युट्युबमा ६ करोड ३० लाख पटक हेरिएको छ ।
निर्देशक दिनेश राउतका अनुसार, ‘लालुमै’ गीतको लागि निश्चल बस्नेत नै उपयुक्त आवाज भएका कारण उनलाई नै रोजिएको हो । चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारको अभिनय रहेको छ ।
क्लक वर्क क्रियशन्स र पिक्चर फ्रेमको संयुक्त निर्माण रहेको चलचित्रका निर्माता हिमाल कडरिया हुन् । चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र उत्तम न्यौपानेको ध्वनि डिजाइन रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



