Mahabhoj
UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release
News
चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित
चलचित्र ‘महाभोज’ को प्रदर्शन स्थगित गरिएको छ । जेठ १५ गतेका लागि तय गरिएको प्रदर्शन अघिल्लो दिनमा स्थगन गरिएको हो ।
बिहीबार काठमाडौंमा राजावादीहरुको आन्दोलन र नेकपा एमालेले मनाउन लागेको गणतन्त्रको लागि जनउत्सब तथा जेठ १९ गतेबाट यातायात व्यवसायीले सात बुँदे मागसहित अनिश्चितकालिनका लागि सवारी साधन नचलाउने गरि गरेको निर्णय र निजामति कर्मचारीले घोषणा गरेको आन्दोलनलाई समेत ध्यानमा राख्दै चलचित्रको रिलिज तत्कालका लागि स्थगन गरेको देखिन्छ ।
निर्माता हिमाल कडरियाका अनुसार देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण उत्पन्न असहज अवस्थालाई दृष्टिगत गर्दै प्रदर्शन स्थगन गरिएको हो । निर्माता कडरियले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रदर्शन हाललाई स्थगित गरिएको जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विस्तारित विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै, चलचित्र ‘महाभोज’ को प्रदर्शन नेपाल तथा नेपाल बाहिरका सबै देशहरूमा हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ ।”
चलचित्रप्रति दर्शकहरूले देखाएको उत्साह र समर्थनप्रति आभार प्रकट गर्दै निर्माताले मुलुकको संवेदनशील परिस्थितिमा दर्शकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले अवस्था सामान्य भएपछिको पहिलो सम्भव समयमा नयाँ प्रदर्शन मिति सार्वजनिक गरिने जानकारी पनि दिएका छन् ।
‘महाभोज’ लामो समयदेखि प्रचारमा रहेको र सहकारीको रकम अपचलनको कथावस्तुमा निर्माण गरिएको नेपाली चलचित्र हो । प्रदर्शन मिति स्थगित भएसँगै दर्शकहरूमा केही समय प्रतीक्षा गर्नुपर्ने भएको छ ।
चलचित्र युनिटले दर्शक, वितरक, सञ्चारकर्मी र शुभेच्छुकहरूप्रति निरन्तर साथ, समर्थन र समझदारीका लागि अपेक्षा राखेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



