Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली

लेन्सनेपाल २०८१ माघ १
‘महाभोज’को मुहूर्त, कलाकारको जम्बो टोली

कलाकारको जम्बो टोलीको अभिनय रहने नेपाली चलचित्र ‘महाभोज’को मुहूर्त पूजा गरिएको छ । मङ्गलवार बिहान काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको टिम सहभागी रही विशेष पूजा गरिएको हो ।

पूजामा चलचित्रका कलाकारहरू आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला,  बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतको उपस्थिति रहेको थियो । साथै, चलचित्र प्राविधिक तथा निर्माण समूह उपस्थित थियो । पोखरा आसपासका क्षेत्रमा करिब ४५ दिन छायाङ्कन हुने यो चलचित्रको टिम बुधवार त्यसतर्फ जाने बताइएको छ ।

सो अवसरमा निर्देशक दिनेश राउतले ‘महाभोज’ सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताए । “महाभोजको कथा समाजमा हुने विश्वासघात र भ्रष्टाचार विरुद्धको हो । मैले यस चलचित्रमार्फत नागरिकको जिम्मेवारी, न्याय, पारदर्शिता, र सामाजिक जागरणको महत्त्व देखाउने प्रयास गर्नेछु,” राउतले भने, “देशमा भइरहेका प्रणालीविहीन कामहरूको विरुद्ध जब नागरिकको सहनशीलताको बाँध टुट्छ, समाजले कस्तो रूप लिन्छ भन्ने कथाले देखाउने छ ।”

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता हिमाल कडरिया हुन् । कार्यकारी निर्माताहरू किरण नेपाली र सुदिप ढकाल हुन् । चलचित्रमा विकास सुवेदीको लेखन, राजेश श्रेष्ठको छायाँकन, निमेष श्रेष्ठको सम्पादन र उत्तम न्यौपानेको साउण्ड डिजाइन रहने छ ।