Mahabhoj

UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release

News

‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

लेन्सनेपाल २०८२ जेष्ठ १८
‘महाभोज’ अब जेठ ३० गते रिलिज हुने

चलचित्र ‘महाभोज’ जेठ ३० गते देशभर प्रदर्शनमा आउने भएको छ । पूर्व निर्धारित मिति जेठ १५ गते प्रदर्शन स्थगित गरेको चलचित्रको नयाँ प्रदर्शन मिति तय गरिएको हो ।

निर्माण पक्षले रिलिज मिति सारिएको जानकारी सार्वजनिक गर्दै दर्शकहरूसँग क्षमा मागेको छ । यसै सन्दर्भमा, चलचित्रका निर्देशक दिनेश राउतले दर्शकको धैर्य र समर्थनका लागि आभार प्रकट गरे ।

निर्देशकले भने, "हामीले धेरै मिहिनेतका साथ तयार पारेको चलचित्र ‘महाभोज’ केही विशेष परिस्थितिका कारणले निर्धारित मितिमा रिलिज गर्न सकेनौँ । दर्शकहरूप्रति यसबाट असहजता सिर्जना भएकोमा हामी क्षमा प्रार्थी छौँ ।"

उनले थप भने, "अब चलचित्र जेठ ३० गते रिलिज हुँदैछ । यो हाम्रो समाजको कथा हो, तपाईँहरूको साथ र मायाले मात्र हामी सफल हुन्छौँ । त्यसैले यही मितिमा नजिकको हलमा 'महाभोज' हेर्न नबिर्सिनु होला ।"

केही दिनअघि यो चलचित्रको काठमाडौंमा प्रिभ्यु शो आयोजना भएको थियो, जहाँ चलचित्र हेरेका दर्शकहरूले व्यापक सकारात्मक प्रतिक्रिया दिएका थिए । यसमा सहकारी पीडितको कथा मात्र नभएर अत्यन्तै मनोरञ्जक समेत रहेको प्रतिक्रिया उक्त शोबाट प्राप्त भएको थियो ।

चलचित्र 'महाभोज' मा समावेश कथा, प्रस्तुति शैली र कलाकारहरूको अभिनयले दर्शकमा चासो पैदा गरिरहेको छ। यस चलचित्रमा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौला लगायतका प्रमुख अभिनय रहेको छ ।क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको प्रस्तुतिमा बनेको यस चलचित्रका निर्माता हिमाल कडरिया हुन् ।