Mahabhoj
UA 136 mins Feature Film Social DramaJun 13, 2025Hall Release
News
'महाभोज' हेरेपछि सांसद शाहीः सहकारीको विषय संसदमा फेरी उठ्छ
प्रदर्शनरत चलचित्र 'महाभोज'ले सहकारी क्षेत्रमा भइरहेको ठगी र दुरुपयोगको यथार्थ चित्रण गरेको भन्दै प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले यस विषयलाई संसदमा पुनः उठाउनुपर्ने आवश्यकतामा जोड दिएका छन् । काठमाडौँको सुनधारास्थित क्युएफएक्स सिनेमा हलमा चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
शाहीले 'महाभोज'ले कुनै व्यक्तिलाई लक्षित नगरी सहकारीमा कसरी ठगी हुन्छ भन्ने समग्र पक्षलाई उजागर गरेको बताए । उनले सहकारीको स्थापना राम्रो उद्देश्यका लागि भए पनि त्यसको दुरुपयोग भइरहेको यथार्थ चलचित्रमा देखाइएको उल्लेख गरे । "निर्देशकले जोखिम मोलेर यो कथा उठाउने हिम्मत गर्नुभएको छ, अब यसले हामीलाई फेरि पनि संसदमा बोल्न बाध्य बनाएको छ," शाहीले भने ।
उनले यसअघि पनि संसदीय समिति गठन गरी केहीलाई मात्र नभई सबैलाई छानबिन गर्नुपर्ने माग गरिएकाले यो देशैभरिको समस्या भएको दोहोर्याए । शाहीको भनाइ छ, "कि त ऐन ल्याउनुपर्यो, कि त छानबिन हुनुपर्यो । अब फेरी संसदमा आवाज उठ्नेछ ।"
शुक्रवार रिलिज भएको 'महाभोज'ले दर्शकहरूबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ । मङ्गलवार नै कलाकारहरू अनुभव रेग्मी, सलोन बस्नेत, गजित बिस्ट, निर्देशक शोभित बस्नेतलगायतले पनि 'महाभोज' हेरेर यो चलचित्र नेपालका राजनीतिक दलका नेता, कार्यकर्ता तथा आम सर्वसाधारणले नछुटाई हेर्नुपर्ने विषयमा बनेको बताएका छन् । चलचित्र हेरेपछि उनीहरूले 'महाभोज'ले उठाएका विषयवस्तु र यसको प्रस्तुतिको प्रशंसा गरे ।
दिनेश राउतको निर्देशन र विकास सुवेदीको लेखन रहेको 'महाभोज' क्लक वर्क क्रियसन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । हिमाल कडरियाले निर्माण गरेको चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, बुद्धि तामाङ, विनोद न्यौपाने, कमलमणि नेपाल, मोहन निरौला, वसुन्धरा भुसाल, सुरक्षा पन्त लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



