Krishna Leela

Feature Film Love StoryAug 19, 2022Hall Release

News

‘कृष्ण लिला’मा दिपिका आउट, श्रद्धा इन

लेन्सनेपाल २०७७ कार्तिक १९
‘कृष्ण लिला’मा दिपिका आउट, श्रद्धा इन

चलचित्र ‘कृष्ण लिला’मा अभिनेत्री परिवर्तन गरिएको छ । यसअघि मुख्य अभिनेत्रीका लागि दीपिका प्रसाईलाई अनुबन्ध गरिएको भए पनि हालै उनको ठाँउमा श्रद्धा क्षेत्रीलाई अनुबन्धित गरिएको छ ।

निर्माण पक्षले स्वास्थ्यका कारण अभिनेत्री दीपिकाले अभिनय गर्न नसक्ने बताएकोले उक्त भुमिकामा श्रद्धालाई अनुबन्धित गरेको निर्माता रत्न श्रेष्ठले जानकारी दिए । पारिवारिक श्रोतलाई उल्लेख गर्दै निर्माता श्रेष्ठले दीपिका केही समययता थाइराट र माइग्रेसनको समस्याले पिडित रहेको जनाएका छन् । मुम्बईमा मोडलिङ गरिररहेकी श्रद्धाले अव चलचित्रमा अभिनेता पुष्प खड्कासँग रोमान्स गर्नेछिन् ।

चलचित्रमा श्रद्धाको अलवा पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहनेछ । सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको चलचित्रको छायाँकन मंसिर १५ गतेबाट सुरु हुनेछ ।

दीपक ओलीले निर्देशन गर्न लागेको चलचित्रका प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको चलचित्रमा शिव ढकालको छायाँकन रहने छ ।