Krishna Leela

Feature Film Love StoryAug 19, 2022Hall Release

News

‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ ३१
‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक

चलचित्र ‘कृष्ण–लीला’ ट्रेलर सार्वजनिक गरिएको छ । युट्युव च्यानल डिएआर मुभीजमार्फत दर्शकमाझ ल्याइएको झण्डै तीन मिनेट लामो ट्रेलरमा कमेडी, रोमान्स, लभ, सस्पेन्स र सेन्टिमेन्ट्सको समिश्रण देखिन्छ ।

दिपक ओलीको निर्देशनमा बनेको चलचित्र भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउदैछ । आरआर फिल्मस्को ब्यानरमा रोहित कट्टेलको प्रस्तुति र रत्न श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्रीका साथमा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकर आयुष गुरागाई मुख्य भूमिकामा छन् । 

कृष्ण जन्माष्टमीको दिनमा दर्शकमाझ आउने चलचित्रको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सहनिर्माता रहेको चलचित्रको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । रंगपत्रकार लक्ष्मण सुवेदी लिखित चलचित्र पूर्वी नेपालको पाँचथर, इलाम, झापाका रमणीय स्थलहरुमा छायांकन गरिएको हो । शिब ढकालको छायाँकन रहेको चलचित्रको सम्पादन अर्जुन जिसीले गरेका छन् । अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, रामजी लामीछाने र माइकल चन्दको कोरियोग्राफी तथा श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको चलचित्रको बितरण पनि निर्माण ब्यानर आरआर फिल्मस्ले गर्दैछ ।