Krishna Leela

Feature Film Love StoryAug 19, 2022Hall Release

News

चलचित्र ‘कृष्ण–लीला’का चार पोष्टर सार्वजनिक

लेन्सनेपाल २०७९ आषाढ १७
चलचित्र ‘कृष्ण–लीला’का चार पोष्टर सार्वजनिक

चलचित्र ‘कृष्ण–लीला’का चार प्रेमिल पोष्टर सार्वजनिक भएका छन् । सार्वजनिक चारै पोष्टरमा नायक पुष्प खड्का र नायिका श्रद्धा क्षेत्रीलाई फिचर्ड गरिएको छ । भाद्र ३ गतेबाट प्रदर्शन हुने चलचित्रको पोष्टरले चलचित्र प्रेम कथामा आधारित भएको भाव दिएको छ ।

दीपक ओली निर्देशित चलचित्रमा पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाईलगायतका कलाकारको अभिनय रहेको छ । 

चलचित्रमा लक्ष्मण सुवेदीको लेखन, शिब ढकाल र बाबु श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्धन्द्ध निर्देशन छ । आर आर फिल्म प्रोडक्शनको ब्यानरमा रोहित कट्टेल प्रस्तुतकर्ता रहेको चलचित्रमा कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन भने प्रकाश कार्की र केवल तामाङ निर्माता हुन् ।