Jhari Pachhi Ko Indreni6 days to go
Feature Film Social DramaDec 19, 2025Hall Release
News
कार्कीले किने ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स
छायाँकनरत् चलचित्र ‘झरी पछिको इन्द्रेणी’को अस्ट्रेलिया राइट्स बिक्री भएको छ । ‘पाँडे’का नामले परिचित हाँस्य कलाकार अर्जुन घिमिरेको निर्देशन रहेको चलचित्रका अस्ट्रेलिया राइट्स अष्ट्रेलियामा रहेका राम कार्कीले किनेका छन् ।
कार्कीले नेपाल रिलिजसँगै अष्ट्रेलियाका प्रमुख शहरहरूमा चलचित्र रिलिज गरिने जनाए । सम्झौता पछि उनले भने – ‘यो चलचित्र अष्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायका लागि मनोरञ्जनात्मक र सन्देशमूलक बन्नेछ भन्ने विश्वास छ ।’
बाबु(छोराको कथामा बन्ने चलचित्रमा निर्देशक घिमिरेसहित गणेश उप्रेती, दीपाश्री निरौला, रमेश उप्रेती, निर्मल शर्मा, प्रियाना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । गणेशले यही चलचित्रबाट ९ वर्षपछि कमब्याक गरेका हुन् । चलचित्रको एक गीतमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको र्याप रहने जनाइए पछि चलचित्रको चर्चा बढेको हो ।
अष्ट्रेलियामा स्थापित नेपाली उद्यमी राम कार्की शिक्षा र माइग्रेशन सेवामा सक्रिय छन् । कार्कीले अष्ट्रेलियामा मोर्टगेज ब्रोकर फर्म, एकाउन्टिङ फर्म तथा विभिन्न हस्पिटालिटि व्यवसायहरू समेत सञ्चालन गरिरहेका छन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire

