Jaari 2
Feature Film Cultural, Social DramaNov 07, 2025Hall Release
News
`जारी २´ को ट्रेलर सार्वजनिक
कार्तिक २१ गते रिलिज हुने सिनेमा `जारी :२ सङ् अफ च्याब्रुङ´काे ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बादकको रुपमा प्रस्तुत गरिएको छ । छोरीको जन्मपछि फेरि श्रीमान्–श्रीमती (दयाहाङ राई र मिरुना मगर) बीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ।
दयाहाङ राई र मिरुना मगरका अलावा विजय बरालको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ । ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । फिल्ममा दयाहाङ, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मलाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

