Jaari 2
Feature Film Cultural, Social DramaNov 07, 2025Hall Release
News
‘जारी २’को ट्रेलरमा दर्शक प्रतिक्रिया : सिनेमा हेर्न प्रतिक्षामा छौं
प्रतिक्षित सिनेमा ‘जारी २’को ट्रेलरले दर्शकमाझ उच्च हाइप निर्माण गर्न सफल भएको छ । सिनेमाको ट्रेलरले युट्युवमा सार्वजनिक भएको २ दिनमा १० लाख बढि भ्युज पाएको हो । यो ट्रेलरले राम्रो भ्युजसँगै प्रतिक्रिया पनि निकै राम्रो पाइरहेको छ ।
यो समाचार तयार पार्दासम्म सिनेमाको ट्रेलरले झण्डै ११ लाख भ्युजसहित १ हजार १ सयबढि प्रतिक्रिया र २९ हजार बढि लाईक पाएको छ । ट्रेलरको कमेन्टबक्समा अधिकांशले सिनेमा हेर्न प्रतिक्षा गर्न नसक्ने भन्दै कार्तिक २१ कहिले आउला झैं भएका प्रतिक्रिया दिएका छन् । त्यससँगै दयाहाङ र मिरुनाको जोडी पनि निकै सुहाएको र विजय बरालले विशेष उत्साह थपेको प्रतिक्रिया पनि कमेन्टबक्समा हेर्न सकिन्छ ।
सिनेमाको ट्रेलरले लिम्बु समुदायको आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो(ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । सिनेमामा दयाहाङ, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा यो वर्षकै उच्च व्यापार गर्ने श्रेणीमा राखिएको छ । ‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले यो सिनेमालाई बहुप्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi

