Hijo Aajaka Kura

Feature Film Family DramaOct 14, 2022Hall Release

News

‘हिजो आजका कुरा’को ‘परदेश’ सार्वजनिक

लेन्सनेपाल २०७९ भाद्र १७
‘हिजो आजका कुरा’को ‘परदेश’ सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’मा समावेश ‘परदेश’ बोलको गीत सार्वजनिक गरिएको छ । वियोगान्त भावको गीतमा हर्कुलस बस्नेतको स्वर तथा संगीत छ भने एकतारे र निर्देशक पन्तको शब्द रहेको छ । साकार पन्तको डेब्यू निर्देशन रहेको चलचित्रको सार्वजनिक गीतमा परदेश र नेपालमा बस्ने परिवारको कथालाई देखाइएको छ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’कै नाममा सन्तोष पन्तकै कम्पनीले चलचित्र निर्माण गरेको हो । 

असोज २८ गतेबाट प्रदर्शनमा आउने चलचित्रले चार परिवारको पारिवारिक समस्या, संघर्ष र आतुरतासँगै विदेशिनु पर्ने बाध्यताको कथा भनेको छ । चलचित्रमा 
सन्तोष र रमासँगै केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको छ ।

चलचित्रमा प्रतिभा पन्त कार्यकारी निर्माता, सन्तोष पन्त र सकार पन्त निर्माता र बैकुण्ठ प्रसाद उपाध्याय र कुमार मिश्र सहनिर्मातामा छन् ।