Hijo Aajaka Kura

Feature Film Family DramaOct 14, 2022Hall Release

News

प्रिमियरमा मिल्यो ‘हिजो आजका कुरा’लाई सकारात्मक प्रतिक्रिया

लेन्सनेपाल २०७९ असोज २७
प्रिमियरमा मिल्यो ‘हिजो आजका कुरा’लाई सकारात्मक प्रतिक्रिया

शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘हिजो आजका कुरा’को बुधबार साँझ राजधानीमा प्रिमियर गरिएको छ । साकार पन्त निर्देशित चलचित्रको प्रिमियरमा उपसिथ्त चलचित्रकर्मीहरुले यो चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।

प्रिमियरमा सहभागी हुन चलचित्रका कलाकार सहित अन्य थुप्रै चर्चित कलाकारहरु पुगेका थिए । वान सिनेमामा आयोजित प्रिमियर पछि चलचित्र रमाइलो तथा सन्देशमुलक भएको धेरैलेको प्रतिक्रिया छ । चलचित्र हेरेका अधिकांशले यसको बिषयवस्तु मन पराएका छन् । विशेषगरि, फिल्ममा अमेरिका, अष्ट्रेलिया जानुपर्ने वाध्यता, नेपालमा रहेका परिवारमा हुने पीडाको कथालाई देखाइएको छ ।

सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, केकी अधिकारी, जेविका कार्की, रिमा बिश्वकर्मा लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्रको
माया जदौ बोलको गीत निकै लोकप्रिय भएको छ ।

फोटो: मेरोफिल्म