Hijo Aajaka Kura

Feature Film Family DramaOct 14, 2022Hall Release

News

‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक

लेन्सनेपाल २०७९ भाद्र २२
‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक

चलचित्र ‘हिजो आजका कुरा’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधवार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रका कलाकार तथा प्राबिधिकहरुको उपस्थिति रहेको कार्यक्रममा ट्रेलर हेरेका सञ्चारकर्मीहरुले यसको प्रसंसा गरेका छन् । कलाकार तथा प्राबिधिकहरुले पारिवारिक कथाको चलचित्रले विगतमा टेलिभिजन रिरियलका रुपमा ‘हिजो आजका कुरा’ जसरी सफल थियो त्यसै गरि दर्शकको मन जितेर चलचित्र पनि सफल हुने विश्वास लिएका छन् । सार्वजनिक २ मिनेट ४५ सेकेन्डको ट्रेलरमा विदेश मोहले घर–परिवारमा पारेको असरलाई देखाइएको छ ।

करीब १८ वर्षसम्म नेपाल टेलिभिजनमा प्रशारण भएको सन्तोष पन्त र रमा थपलिया अभिनीत चर्चित टेलिसिरियल ‘हिजो आजका कुरा’को नाम सापटी लिएर चलचित्र निर्माण भएको हो । चलचित्रले काठमाडौंका चार परिवारको कथा भन्नेछ ।

चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, केकी अधिकारी, दिव्य देव, साकार पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, जेविका कार्की, रमेश अधिकारी, जयनन्द लामा, अनुष्का घिमिरे, विनायक कुइकेललगायतको अभिनय रहेको छ । असोज २८ गतेबाट प्रदर्शन हुन लागेको चलचित्रलाई साकार पन्तले निर्देशन गरेका हुन् ।