Hijo Aajaka Kura
Feature Film Family DramaOct 14, 2022Hall Release
News
मोफसलका दर्शक भेट्दै ‘हिजो आजका कुरा’का कलाकार
पारिवारिक कथानक चलचित्र ‘हिजो आजका कुरा’ ले शुक्रबारबाट मोफसल प्रचार यात्रा सुरु गर्दैछ । बरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित तथा साकार पन्त निर्देशीत चलचित्रका मुख्य कलाकारहरु शुक्रबार बिहान १०ः३० बजे नेपालगंजस्थित भाटभटेनी सुपरमार्केटमा दर्शकहरुसँग साक्षात्कार गर्नेछन् ।
प्रदर्शन मिति नजिकिदै जादा प्रचारप्रसारलाई ब्यापक बनाउदै लगेको ‘हिजो आजका कुरा’ असोज २८ बाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ । करिब १२ बर्षसम्म नेपाल टेलिभिजनमा निरन्तर प्रशारण भइ दर्शकहरुबाट सर्वाधिक माया पाएको टेलिश्रृंखला ‘हिजो आजका कुरा’ अहिले सोही नाममा ठूलो पर्दाको चलचित्रको रुपमा दर्शकमाझ आउदैछ । यसै सन्दर्भमा आफूहरुले आफ्ना प्रिय दर्शकहरुलाई प्रत्यक्ष भेट्ने चाहना स्वरुप ‘प्रमोशन टुर’ थालीएको निर्देशक साकारले जानकारी दिएका छन् ।
नेपालगंजपछि ‘हिजो आजका कुरा’ को जम्बो टोली शनिबार पूर्वी नेपालका तीन मुख्य शहर–धरान, इटहरी र बिराटनगर पुग्ने छ । सेड्युल अनुसार शनिबार बिहान ११ बजे धरानको भाटभटेनी सुपरमार्केट, २ बजे इटहरीको भाटभटेनी सुपरमार्केट र साँझ ४ः३० बजे बिराटनगरको भाटभटेनी सुपरमार्केटमा यस चलचित्रका कलाकार सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, जेबिका कार्की, दिब्यदेव, बिनय कुइँकेल, अनुष्का अधिकारीलगायत निर्देशक साकार पन्तले दर्शकहरुसँग भलाकुसारी गर्नेछन् । चलचित्रको प्रचारप्रसारमा भाटभटेनी सुपरमार्केटले साथ दिएको छ ।
मोफसलको पहिलो चरणको यात्रापछि टोली दोश्रो चरणमा पोखरा, चितवन, हेटौडालगायतका शहरमा पुग्ने योजना रहेको निर्माण पक्षले जनाएको छ । गीतसंगीत तथा टे«लरबाट समेत दर्शकको ध्यान तान्न सफल चलचित्रमा नेपाली समाजको बर्तमान अबस्था, पारिवारिक आरोह अबरोह, नेपालीको बिदेश मोहलगायतका बिबिध समसामयिक बिषय उठान गरिएको छ ।
पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । सेन्सर बोर्डबाट युनीभर्सल सर्टिफिकेट प्राप्त चलचित्रको बितरण मोफसलमा एफडि र राजधानीमा आरआर फिल्मस्ले गर्दैछ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi


