Hari Bahadur Ko Jutta

Feature Film DramaSep 29, 2025Hall Release

News

प्रदर्शनमा आए ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सहित ३ नेपाली चलचित्र

लेन्सनेपाल २०८२ असोज १३
प्रदर्शनमा आए ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ सहित ३ नेपाली चलचित्र

बडा दशैको अवसर पारी आज फूलपातिबाट ३ वटा नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । प्रदर्शनमा आएका चलचित्रहरु हुन् –  ‘माइतीघर’, ‘हरिबहादुरको जुत्ता’ र ‘बलिदान’ ।

कुरा शुरु चलचित्र ‘माइतीघर’ बाट गरौं । रोहित अधिकारीको प्रस्तुति रहेको चलचित्र पारिवारिक कथामा आधारित छ । चलचित्रमा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासनासिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, युवराज लामा, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजन, सङ्गीता थापा लगायतका कलाकारको अभिनय छ । मिलन तामाङको निर्देशनमा तयार भएको चलचित्रमा रविन शेरचन र धिरज तामाङको पनि लगानी छ । ईश्वर श्रेष्ठ र नीरज कटुवाल फिल्मका कार्यकारी निर्माता हुन् ।

यस्तै दीपेन्द्र के. खनाल निर्देशित चलचित्र  ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाल लगायत कलाकारहरूको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।

त्यस्तै सन्तोष सेनको निर्देशन रहेको ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ ।

फरक फरक जनराका यि चलचित्रहरुको अग्रिम टिकट बुकिङ्ग सुखद छ । बिभिन्न हलहरुले ३ वटै चलचित्रलाई विहान ५ बजेबाट बेलुका ११ बजेसम्म शो बाँडफाड गरेका छन् ।