Hari Bahadur Ko Jutta
Feature Film DramaSep 29, 2025Hall Release
News
हरिवंश भन्छन् – यसपटक ‘हरिबहादुर’ले हसाउनुका साथै रुवाउछ
‘हरिबहादुर’ धेरै नेपालीका लागि नौलो पात्र होइन । १६ वर्ष अघि तयार भएको महसञ्चारको हास्य टेलिसिरियल ‘मदनबहादुर – हरिबहादुर’को एक प्रमुख पात्र हो । जुन पात्र निकै चर्चित बन्यो ।
५३ भाग लामो यो रिरियलमा पात्रको लवज, हाउँभाउ र जर्निलाई धेरैले रुचाए । जुन पात्रलाई जीवन्त बनाएका थिए, हरिबंश आचार्यले । उनै आचार्यले ६ वर्ष अघि ‘हरिबहादुर’ शिर्षकको किताब लेखे । यतिबेला यही पात्रलाई केन्द्रमा राखेर चलचित्र बनाएका छन् ‘हरि बहादुरको जुत्ता’ शिर्षकमा ।
दशैको अवसर पारी फूलपातिको दिनबाट चलचित्र देशभर रिलिज हुँदैछ । चलचित्रको ट्रेलरलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् । निर्देशक दिपेन्द्र खनाल ‘हरिबहादुर’ पात्रको आत्मलाई जस्ताको तस्तै चलचित्रमा सामवेश गरेको जनाएछन् । खनालका अनुसार यो आइकनिक पात्र हो । धेरैले रुचाएको यो पात्रलाई फरक परिवेश र सन्दर्भ सहित ‘हरि बहादुरको जुत्ता’मा प्रस्तुत गरिएको छ ।
हरिवंश आचार्यकै लेखन रहेको चलचित्रको मुख्य भूमिकामा उनी स्वयम्को अभिनय छ । आचार्यका अनुसार ‘हरिबहादुर’ बढी बाठो हुन खोज्ने तर, बुद्धी नभएको पात्र हो । ‘हरि बहादुरको जुत्ता’मा उ केही सुध्रिन खोजेको देखिन्छ । बिभिन्न उट्पट्याङ तथा फट्याई गरेर हसाउने ‘हरिबहादुर’ले यो चलचित्रमा भने हसाउनुका साथै रुवाउने उनको भनाई छ ।
‘हरिबहादुर’ आफैमा स्थापित पात्र हो । आम दर्शकको मन–मस्तिष्कमा यसको छाप गहिरोसँग परेको छ । त्यसैले स्कृप्ट लेख्न बस्दै गर्दा आचार्र्य निकै चुनौति अनुभूति भयो । ‘हरिबहादुर’लाई चलचित्रमा पनि उस्तै शशक्त रुपमा प्रस्तुत गर्नु पर्ने चुनौति थियो । आचार्य आफुले निकै सचेत रुपमा चलचित्रमा ‘हरिबहादुर’लाई न्याय गरेको बताउँछन् । ‘हरि बहादुरको जुत्ता’बाट पनि दर्शकलाई ‘हरिबहादुर’ले निराश नबनाउने उनको भनाई छ । अर्थात चलचित्रले मनोरञ्जन सँगै केही न केही सन्देश दिनेछ ।
सिरियल देखि चलचित्र सम्म आइपुग्दा १६ बवर्षको ग्याप छ । यो विचमा भएका राजनीतिक र समाजिक परिवर्तका विषयहरु पनि चलचित्रमा समावेश छन् । अझ पछिल्लो समय भएको जेन–जी पुस्ताको आन्दोनका मुद्धाहरु समेत चलचित्रले उठाएको विषयसँग मिल्ने उनको भनाई छ ।
चलचित्रमा आचार्य सहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय छ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



