Hari Bahadur Ko Jutta
Feature Film DramaSep 29, 2025Hall Release
News
चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक
चलचित्र ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गरिएको छ । फूलपातिका दिन अर्थात असोज १३ गतेदेखि प्रदर्शन हुने चलचित्रको ट्रेलर शनिवार सार्वजनिक गरिएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको यो चलचित्रको ट्रेलरमा कलाकार हरिवंश आचार्यलाई नै प्राथमिकता दिइएको छ । उनको वरिपरी चलचित्रको ट्रेलर घुमेको छ । हरिवंशको बोल्ने शैली, उनको कमेडी र चलचित्रको राजनीतिक बिषयवस्तुले दर्शकलाई हलसम्म तान्ने देखिएको छ ।
चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणी नेपाल लगायतका कलाकारहरुको अभिनय छ । असोजको १३ गतेबाट रिलिजमा आउने चलचित्रलाई मोहितवंश आचार्य र सरोज ओली मिलेर बनाएका हुन् ।
एसएम मोसन पिक्चर्सको व्यानरमा निर्माण भएको चलचित्रमा कृष्णबहादुर थापाको डीओपी, नहकुल खड्काको सम्पादन, वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत छ ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



