Hari Bahadur Ko Jutta

Feature Film DramaSep 29, 2025Hall Release

News

गीत बाँकी राख्दै ‘हरिबहादुरको जुत्ता’ प्याकअप

लेन्सनेपाल २०८१ फागुन २०
गीत बाँकी राख्दै ‘हरिबहादुरको जुत्ता’ प्याकअप

चलचित्र ‘हरिबहादुरको जुत्ता’को छायाङ्कन सकिएको छ । चलचित्रको गीत बाहेक अन्य सम्पूर्ण छायाङ्कन २९ दिनमा सम्पन्न भएको निर्माण टिमले जनाएको छ ।

दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, प्रकाश सपुत, स्वस्तिमा खड्का, राजाराम पौडेल, किरण केसी, हरिहर शर्मा, पार्वती अधिकारी, दिव्य देव पन्त, तारा शर्मा, दिनेश काफ्ले, सिता न्यौपानेलगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता आचार्यले सहज रूपमा छायाङ्कन सकिएको बताए । उनले निर्देशक दीपेन्द्र के खनालको नेतृत्वमा काम गर्न सहज भएको र कलाकार तथा प्राविधिकको राम्रो टिमका कारण समयमै छायाङ्कन सकिएको बताए ।

एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा सरोज ओली र मोहित वंश आचार्यले लगानी गरेका छन् । चलचित्र आगामी वर्ष दसैँको फूलपातीमा रिलिज हुने जनाइएको छ ।