Hari Bahadur Ko Jutta

Feature Film DramaSep 29, 2025Hall Release

News

‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

लेन्सनेपाल २०८२ भाद्र ११
‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । टिजर अभिनेता हरिवंश आचार्यकै वरिपरि घुमेको छ । उनका अलवा प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, कमलमणि नेपाल, निर्मल शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले लगायतका कलाकारहरूको पनि अभिनय समेटिएको छ ।

टिजरमा आचार्य जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको पात्रका रुपमा देखिएका छन् । यस्तै चलचित्रको कथामा राजनीति पनि महत्त्वपूर्ण पाटो हुने संकेत देखिन्छ ।

दीपेन्द्र के. खनालको निर्देशन रहेको चलचित्र एसएम मोसन पिक्चर्सको ब्यानरमा बनेको हो । हरिवंश आचार्यको लेखन रहेको चलचित्रका निर्माता सरोज ओली र मोहितवंश आचार्य हुन् । चलचित्रमा कृष्ण बहादुर थापाको छायाँकन, नहकुल खड्काको सम्पादन, राज कुमार उप्रेतीको द्वन्द्व निर्देशक र वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूतको संगीत रहेको छ । चलचित्र असोज १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।