Hari Bahadur Ko Jutta

Feature Film DramaSep 29, 2025Hall Release

News

‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

लेन्सनेपाल २०८२ भाद्र १६
‘हरिबहादुरको जुत्ता’को गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक भएको छ । आशिष अविरल र मेलिना राईको स्वरमा रहेको गीतमा दानबहादुर कार्कीको शब्द र दिपक शर्माको सङ्गीत छ । 

लोक फ्लेबरमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ । किरण थापाको कोरियोग्राफीमा तयार गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर छन् । कृष्ण बहादुर थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्र दसैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउँदैछ । एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । चलचित्रमा वसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको सङ्गीत र आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर छ ।

यसअघि सार्वजनिक ’बेला बितेसी’ बोलको गीत युट्युबमा २० लाख बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक बनेको छ ।