Hari Bahadur Ko Jutta
Feature Film DramaSep 29, 2025Hall Release
News
‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक
चलचित्र ‘हरिबहादुरको जुत्ता’को पहिलो गीत ‘बेला बितेसी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर छ भने प्रकाश स्वयंको शब्द तथा संगीत छ । लोकलयमा आधारित गीतमार्फत गायक सपूतले आफ्नो मौलिकपनको आभाष गराएका छन् ।
मौसम हिमालीको कोरियोग्राफी रहेको गीतको भिडियोमा कलाकारहरु प्रकाश सपूत र स्वस्तिमा खड्काको नृत्य रहेको छ । भिडियोलाई पवन सुस्लिङ्गले खिचेका छन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रमा हरिवंश आचार्य, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणि नेपाललगायतको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका छन् । कृष्णबहादुर थापाको छायाँकन रहेको चलचित्रमा नहकुल खड्काको सम्पादन र शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर रहेको छ । दशैंको फूलपाती (१३ असोज)बाट प्रदर्शनमा आउने चलचित्रमा हरिवंश आचार्यको कथा तथा पटकथा रहेको छ ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत रहेको चलचित्रमा आशिष अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईंको स्वर छ । ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



