Chhadke 2

Feature Film ActionMar 03, 2023Hall Release

News

‘छड्के २’को गीत ‘छड्के खालास’ सार्वजनिक

लेन्सनेपाल २०७९ फागुन १५
‘छड्के २’को गीत ‘छड्के खालास’ सार्वजनिक

चलचित्र ‘छड्के २’को ‘छड्के खालास’ बोलको गीत सार्वजनिक भएको छ । हिपहप जनराको गीतमा भिटेनको शब्द, संगीत र आवाज छ । गीतको भिडियोमा कलाकारहरुको मस्ती मूड, द्वन्द्व र केहि संवादसहितका दृश्य समेटिएको छ ।

निगम श्रेष्ठको लेखन र निर्माण रहेको चलचित्रले देशको प्राकृतिक स्रोत हत्त्याउन संघर्षरत तीन ग्याङको कथा भन्छ । रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँमा सुपरस्टार अनमोल केसीले ग्रीन ग्याङको प्रतिनिधित्व गर्छन । उनि चलचित्रमा मेनडगको भूमिकामा छन् ।

१० वर्ष अगाडीको चर्चित चलचित्र ‘छड्के’को सिरिज र अनमोलको अभिनय भएकाले यो चलचित्र दर्शक माँझ प्रतिक्षित छ । चलचित्रले बक्सअफिसमा बम्पर ओपनिङ गर्ने आशा गरिएको छ । चलचित्र फागुन १९ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

चलचित्रमा अनमोलसंगै रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी र कुमार घलानलगायतका कलाकारको अभिनय छ ।

मस्को सिंह र राजेन्द्र सापकोटाको छायांकन रहेको चलचित्रमा राजकुमार उप्रेतीको एक्सन र रवि चौधरी तथा लोकेश बज्राचार्यको सम्पादन छ । निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स र मेधाको व्यानरमा निर्मित चलचित्रको निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका छन् । कार्यकारी निर्माणमा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।