Captain

Feature Film Drama, SportsMar 01, 2019Hall Release

News

फ्राइडे रिलिज : ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’

लेन्सनेपाल २०७५ फागुन १७
फ्राइडे रिलिज : ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’

आजबाट दुई नेपाली चलचित्र ‘क्याप्टेन’ र ‘दि ब्रेकअप’ प्रदर्शन भएका छन् । क्याप्टेन स्टोट्स जनराको चलचित्र हो भने लभ स्टोरीको पार्ट पनि उत्तिकै शशक्त रहेको जनाइएको छ । यस्तै दि ब्रेकअप लभस्टोरी जनराको चलचित्र हो ।

कुरा क्याप्टेनबाटै शुरु गरौं । अनमोल केसीको अभिनय रहका कारण यो चलचित्र निकै चर्चामा छ । त्यसो त यसको ट्रेलर र गीतसंगीतले राम्रो चर्चा पाइरहदा चलचित्र प्रतिक्षित बन्न पुगेको हो । मंसिर २१ मा प्रदर्शन भएको चलचित्र प्रसाद पछि सुस्ताएको व्यापारलाई यो चलचित्रले गतिशिल बनाउने अपेक्षा धेरैको छ । दिवाकर भट्टराईको निर्देशन रहेको चलचित्रमा अनमोलका अलवा उपसना सिंह ठकुरी, प्रियंका एमभी, सरोज खनाल, प्रशान्त ताम्राकार, सुनिल थापालगायतका कलाकारको अभिनय रहेको छ । निरुता सिंह र भुवन केसीले समेत एक गीतमा नृत्य गरेका छन् । भुवन केसी चलचित्रका निर्माता समेत हुन । चलचित्रको प्रचार आक्रामक थियो ।

यस्तै अर्को चलचित्र दि ब्रेकअप क्याप्टेनसँग जोडिएरै भएपनि केही चर्चामा आयो । तर, क्याप्टेनको प्रचारले यसलाई छायाँमै पारिदियो । हेमराज बिसीको निर्देशनमा बनेको यो चलचित्रमा आशिरमान देसराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्की, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका गीतसंगीत र ट्रेलरले भने उतिसारो हाइप क्रियट गर्न सकेन । यद्यपी युवा पुस्ताका दर्शकहरुले चलचित्र मन पराउने आशा निर्माण पक्षमा देखिन्छ ।