Captain

Feature Film Drama, SportsMar 01, 2019Hall Release

News

उपराष्ट्रपतिले गरे ‘क्याप्टेन’को प्रशंसा

लेन्सनेपाल २०७५ फागुन २८
उपराष्ट्रपतिले गरे ‘क्याप्टेन’को प्रशंसा

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले चलचित्र ‘क्याप्टेन’को प्रशंसा गरेका छन् । काठमाडौंको कमलपोखरीमा रहेको विग मुभिजमा चलचित्र क्याप्टेन हेरेपछि सञ्चारकर्मीलाई सक्षिप्त प्रतिक्रिया दिदै उनले चलचित्रको खुलेरै तारिफ गरेका हुन ।

चलचित्रको कथा र कलाकारहरुको अभिनय मन परेको बताएका उनले युवापिढी र राष्ट्रवादीहरुलाई चलचित्र हेर्न आग्रह गर्दै उनले भने – ‘एकदमै राम्रो लाग्यो फिल्म । सबै नेपालीले एकपटक छुटाउन नहुने फिल्म बनेको छ । स्वास्थ्य, समृद्धि र देशका लागि खेल भन्ने सन्देशसहित फिल्मले खेलभित्र देखा पर्ने विकृतीहरुलाई पनि देखाएको छ । साथै फिल्मले खेल र देशप्रति माया गर्नेहरुलाई ठूलो शिक्षा पनि दिन्छ ।’ 
 
उपराष्ट्रपति पुनले अभिनेता केसी र अभिनेत्री उपासना सिंह ठकुरीको समेत खुलेरै प्रसंसा गरेका छन् । अनमोललाई सुपरस्टारको उपमा दिदै उज्ज्वल भष्यिको कामना गरेका उनले उपसनालाई असाध्धै राम्रो नायिकाको रुपमा चित्रण गरे । उनको भविष्य राम्रो देखेको बताएका उपराष्ट्रपतिले अन्य कलाकारको भने नाम लिएनन् । बरु निर्माता तथा अभिनेता भुवन केसीको तारिफ गर्न भ्याए ।

उपराष्ट्रपतिसँगै क्याप्टेन हेर्न अभिनेता शिव श्रेष्ठ, कलाकार तथा निर्माता किरण केसी, गायिका अञ्जु पन्तलगायत पनि पुगेका थिए । सबैले चलचित्रको प्रसंसा नै गरेका छन् । दीवाकर भट्टराई निर्देशित चलचित्र दोस्रो सातामा प्रदर्शन भइरहेको छ ।