A Mero Hajur 3

Feature Film Love StoryApr 12, 2019Hall Release

News

झरना र सुनिल भन्छन् – चलचित्र क्षेत्रले जे सिकाउछ्, सुहानाले त्यही सिक्छन

लेन्सनेपाल २०७५ चैत्र १४
झरना र सुनिल भन्छन् – चलचित्र क्षेत्रले जे सिकाउछ्, सुहानाले त्यही सिक्छन

दोस्रो पुस्ताको बोलाबाल कायम हुनै लागेको चलचित्र क्षेत्रमा अर्को स्टार किडको प्रवेश भएको छ । निर्माता सुनिल कुमार थापा र कलाकार तथा निर्देशक झरना थापाले आफ्नी छोरी सुहाना थापालाई चलचित्रमा ल्याएका हुन ।

सुहानाको डेव्यु चलचित्र हो ए मेरो हजुर ३ । जहाँ अर्का स्टार किड अनमोल केसीसँग उनको अनस्कृन रोमान्स देख्न सकिन्छ । बुधबार आफ्नो जन्मदिन मनाउँदै गर्दा नायिका झरना थापाले आफु हिडेको बाटोमा छोरीलाई ल्याएको बताएकी छिन । मिडियाकर्मी, दर्शक र चलचित्रकर्मीकै साथ सहयोगले आफु आज पनि चलचित्र क्षेत्रमै रहेको भन्दै उनले अब त्यही माया आफ्नी छोरीका लागि आवश्यक रहेको बताइन । उनले भनिन् – ‘मैले छोरी सुहानालाई आफु हिडेको बाटोमा ल्याएकी छु । आजबाट तपाईहरु माझ छोड्दै छु ।’ आफ्नो बच्चा योग्य मानिस बनोस् भनेर एउटा अभिवावकले जसरी स्कूलमा लगेर दिनभरी छोड्छ त्यसै गरि आफुले पनि सुहनालाई यस क्षेत्रमा छोडेको उनको भनाई छ । झरनाले चलचित्र उद्योगमा सुहानालाई योग्य बनाउन सबैको साथ र आर्शिबादको खाँचो भएको जनाएकी छिन । चलचित्र हेरेपछि सुहानाको कामको तारिफ हुने झरनाको विश्वास छ । नायिकाको रुपमा कुनै बेला लामो समय सफलताका साथ राज गरेकी झरनाले छोरी सुहानाले पनि आफुले जस्तै दर्शकको मन जित्ने विश्वास लिइन । दर्शकको मन मुटुमा सुहाना बस्छीन भन्ने कुरा एउटी आमाको नभएर एउटा निर्देशकको आवाज भएको समेत उनको भनाई छ ।

यता निर्माता तथा सुहानाका बुबा सुनिल कुमार थापाले पनि उनलाई अब चलचित्र क्षेत्रमा सबैको साथ सहयोग र मायाका लागि छोडेको बताए । सुहाना नेपाल बस्न नचाहेको तर, आफुले अमेरिका पुगेकी छोरीलाई नेपाल फर्काएर चलचित्र क्षेत्रमा ल्याएको सुनिलले जनाए । आफ्नो दम्पति २३ वर्ष देखि चलचित्रमा यात्रामा रहेको भन्दै उनले छोरीले पनि यही बाटो हिड्दा खुशी व्यक्त गरेका छन् । सुहाना अब आफ्नो मात्र नभएर सबैको बिचमा आउको भन्दै यो क्षेत्रले जे सिकाउँछ उनले त्यही सिक्ने सुनिलको भनाई छ । उनले अघि भने – ‘तपाईले जे पाठ पढाउनु हुन्छ सुहानाले त्यही पढ्नेछिन ।’

सुहानाको डेव्यु चलचित्र ए मेरो हजुर ३ चैत्र २९ गतेबाट प्रदर्शन हुँदैछ । म्युजिकल लभ स्टोरी चलचित्रले एउटा स्टार र फ्यान बिचको प्रेमकथा भन्ने छ ।

तस्विर : आर्यन बिमली