A Mero Hajur 3
Feature Film Love StoryApr 12, 2019Hall Release
News
‘ए मेरो हजुर ३’को बम्पर व्यापार, अनमोल पुग्दा यस्तो देखियो क्रेज
चलचित्र ‘ए मेरो हजुर ३’ को आक्रमक व्यापार शनिबार पनि कायम रहेको छ । देशभरका अधिकांश मल्टिप्लेक्स र सिंगल थियटरका शोहरु हाउसफूल भएको जानकारी मिलेको छ । निर्माण पक्षका अनुसार शनिबार बिहानी शोमा भन्दा दिवा शोमा चलचित्रले निकै पिकअप लिएको छ ।
राजधानीको गोपीकृष्ण हलमा विहानी शोमा ३ पर्दा हाउसफूल भएकोमा दिउसो ५ पर्दा हाउसफूल भएको प्रबन्धक प्रदिप दाहालले जानकारी दिएका छन् । यस्तै अष्टनारायण, गुण, गंगा, कलंकी बहारी लगायतका हलमा पनि दर्शकको चाप बाक्लो देखिएको छ । मल्टिप्लेक्स तर्फ देशकै ठुलो चेन मानिने क्युएफएक्स अन्र्तगतका सिभिल, जय नेपाल, छायाँ सेन्टर, कुमारीका साथै विग मुभिज, बिएसआर, एफ क्युब लगायतमा पनि शुक्रबारको तुलनामा शनिबार अकुपेन्सी उच्च रहेको छ । यस्तै मोफसलका पोखरा, नारायणघाट, बुटवल, धरान, बिर्तामोड, बिराटनगर, नेपालगञ्ज लगायतका साना, ठुला स्टेशनमा पनि चलचित्रले हाउसफुल ब्यापारको निर्माण पक्षको भनाई छ ।

चलचित्रले राम्रो व्यापार गरिरहदा कलाकारहरु अनमोल केसी सुहाना थापा सहित निर्देशक झरना थापा दर्शक प्रतिक्रिया बुझ्न हल–हलमा पुगेका छन् । राजधानीको गोपीकृष्ण हलमा चलचित्रको टिम पुग्दा माहौल अनमोलमय बनेको थियो । निजी बडिगार्डको सुरक्षा सहित दर्शक प्रतिक्रिया लिन पुगेका अनमोललाई आँखै अगाडी देख्दा दर्शकले अनमोल–अनमोलको हुटिङ्ग गरेका थिए । अनमोल र सुहानालाई आफुसँग सेल्फी खिच्न चाहने दर्शकको भिडबाट निस्कन निकै हम्मे हम्मे परेको थियो । उनीहरुलाई दर्शकले काधँमै बोकेर माया दर्शाएका थिए । दर्शकहरुले अनमोल र सुहानाको कामको प्रसंसा गर्दै चलचित्र आफुहरुलाई मन परेको बताएका छन् ।

‘ए मेरो हजुर ३’ स्टार र फ्यानविचको साँगीतीक प्रेमकथामा अधारित छ । अभिनेत्री झरना थापाले निर्देशन गरेको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यसै चलचित्रबाट डेव्यु गरेकी सुहाना झरना र सुनिल कि छोरी हुन् ।
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



