A Mero Hajur 3

Feature Film Love StoryApr 12, 2019Hall Release

News

आक्रमक ‘ए मेरो हजुर ३’

लेन्सनेपाल २०७५ चैत्र ३०
आक्रमक ‘ए मेरो हजुर ३’

चलचित्र ‘ए मेरो हजुर ३’ ले ओपनिङ विजनेशमा आक्रमक शुरुवात गरेको छ । निर्माण पक्षले दिएको जानकारी अनुसार शुक्रबार अधिकांश शोहरु हाउसफूल भएका छन् । देशभरको व्यापारका आधारमा ८० प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको बताइएको छ ।

मल्टिप्लेक्स र सिंगल सबै थियटरमा चलचित्रले राम्रो व्यापार गरेको छ । ए मेरो हजुरको तेस्रो सिरिज भएका कारण पनि चलचित्र प्रतिको आकर्षण बढेको अनुमान गरिएको छ । त्यसो त अनमोल केसी लभस्टोरी चलचित्रमा कमव्याक भएका छन् । विचमा अन्य जनराका दुई चलचित्रमा अभिनय गरेका अनमोल लभस्टोरीमा फर्कनुलाई पनि दर्शक तान्ने अस्त्रका रुपमा लिइएको छ । यस्तै यसका गीतसंगीतले पनि चलचित्र प्रतिको आकर्षण बढाएका छन् ।

यता प्रिमियर शोमा डेव्यु अभिनेत्री सुहाना थापाको कामको खुलैरै प्रसंसा भएको थियो । चलचित्र पूर्ण मनोरञ्जनात्मक भएको प्रतिक्रिया मिलेको थियो । माउथ पव्लिसिटी पनि बलियो आधार भएको भन्दै शनिबार र आइतबार चलचित्रले बम्पर व्यापार गर्ने निर्माण पक्षको विश्वास छ ।

नयाँ वर्षको अवसर पारी प्रदर्शनमा आएको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन । चलचित्रमा अनमोल र सुहानाका अलवा सलोन बस्नेत, अर्पण थापा, सरोज खनाल, विशाल पहाडीलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र म्युजिकल लभस्टोरी जनराको हो । जहाँ म्युजिकल स्टार र फ्यान बिचको प्रेम देखाइएको छ ।