Wilson Bikram Rai
Movie's Credit : Cast / Special Appearance / Producer / Executive Producer / Screenplay / Dialogue / LyricistSong's Credit : Cast / Director / Lyricist / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
यसरी परिवर्तन भए पैसामुखी विल्सन

कमै मात्र कलाकारले आफ्नो कमजोरीलाई आत्मबोध गर्न सक्छन् । अझ मिडिया सामु आफैले आफ्ना कमजोरी बताउने कलाकार निकै कम भेटिन्छन् । यद्यपी कलाकार विल्सन विक्रम राईले भने आफु पैसा मुखि कलाकार भएको देखि टाइप काष्टमा सिमित रहेको सम्मका कमजोरी बारे खुलेर कुरा गरेका छन् ।
राजधानीमा सिमित पत्रकारसँगको कुराकानीका बिच विल्सनले आफु पैसा मुखि कलाकार भएको स्वीकार गरेका हुन् । आफुले चलचित्रको कथा सुन्ने तर, पढ्दै नपढी काम गर्ने गरेको विगतलाई स्वीकार्दै विल्सनले ‘कबड्डी कबड्डी कबड्डी’बाट भने आफुले धेरैकुरा सिकेको बताएका छन् ।
त्यसो त आफु सधै टाइप काष्टका रुपमा मात्र प्रस्तुत भएको र फरक खालको भुमिका गर्दा बल्ल आफ्नो अभिनय क्षमताको आत्ममुल्याङ्कन गर्ने अवसर मिलेको भनाई छ । विगतका चलचित्रमा हाँस्य कलाकारको रुपमा देखिएको तर, ‘कबड्डी कबड्डी कबड्डी’मा काम गर्दा त्यो ह्याङओभरबाट बाहिर निस्कन निकै सकस भएको उनले सुनाएका छन् । यसअघि आफूले कैयन् पटक पैसा राम्रो पाएपछि स्क्रिप्ट नै नपढी काम गरेको तर, यसपटक कथा सुनेर वर्कसप गर्दा समेत आफ्नो पात्रलाई न्याय गर्न सकस भएको उनको भनाई छ । ‘हामी चेकको जिरो चाहिँ राम्रोसँग पढ्छौं तर, कथाको एउटा अक्षर पनि राम्रोसँग पढ्दैनौं ।’ विल्सनले यसो भनेपछि पत्रकारको प्रश्न आयो – के त्यसो भए कलाकारहरु पैसामुखी भएका हुन् ? यो प्रश्नमा उनले भने ‘म अरु कलाकारको त भन्न सक्दिनँ । तर, म चाहिँ पैसामुखी भएको रहेछु । पहिला म चेकमा कतिवटा जिरो छ भन्ने मात्र हेर्थेँ, कथा राम्रोसँग पढ्दिन थिएँ । तर, ‘कबड्डी कबड्डी कबड्डी’ पछि भने कथा पढ्नै पर्ने रैछ भन्ने महशुस भएको छ ।’
हाँस्यटेलिसिरियल ‘मेरी बाँस्सै’मा ‘तक्मे बुढा’को भूमिका निर्वाहा गरेपछि एकाएक चर्चामा आएका विल्सन चलचित्र ‘सायद’बाट चलचित्रमा पनि स्थापित भए । तर, उनी टाइप काष्टमै सिमित भए । पर्फेक्ट कमिक टाइमिङले दर्शकलाई हँसाउन सिपालु उनको अक्सर चलचित्रमा उस्तै भुमिकामा देखियो । हरेक चलचित्रमा आफुले बबाल गरे भन्ने उनलाई नलागेको होइन तर, अहिले महशुस हुन्छ हरेक चलचित्रमा ‘तक्मे बुढा’ कै ह्याङओभर देखिएको छ । विल्सन त्यही चिजमा वाहवाही हुँदा आफु समेत उक्त ह्याङओभरबाट बाहिर निस्कन नसकेको बताउँछन् । तर, यसपटक ‘कबड्डी कबड्डी कबड्डी’मा उनी धनकाजीको रुपमा देखिएका छन् । अनि ‘तक्मे बुढा’ को छनक अलिकति पनि पनि छैन रे ।
‘कबड्डी कबड्डी कबड्डी’को ट्रेलरमा एउटा दृष्य छ जहाँ विल्सनले रोटी खाँदै गरेको देखिन्छ । त्यही दृष्य पहिलो दिन खिचिएको थियो । निर्देशक रामबाबु गुरुङले टेक लिए तर, न त ओके भने, न त वान मोर टेन, उनी जुरुक्कै उठेर हिडे । विल्सन अक्क न बक्क भए । त्यसपछी सेटमा उपस्थित अन्य प्राबिधिकहरुले ‘के हो यस्तो’ भन्ने प्रश्न गरे । विल्सनले के भयो ठम्याउन सकिरहेकै थिएनन् । यत्तिकैमा निर्माता मणिराम पोखरेलले भने ‘हिरो बनाउन ल्याएको का तिमी त जोक्कर नै पो बन्न खोज्छौ’ । उनको यो भनाईले विल्सनलाई पहिलो गासमा झुंगा लागे झैँ भयो । धनकाजी बन्दै गर्दा पहिलो दिनले नै उनलाई आत्मबोध गर्न प्रेरित गर्यो । केही समयपछि फेरी उक्त सिन खिचयो । ओके पनि भयो ।
त्यसको ३–४ दिन सम्म विल्सनको सुटिङ थिएन् । उनले त्यो समयको समदुपयोग गरे । चलचित्रको स्कृप्ट फेरी पढे । अनि धनकाजीका लागि थप तयार भए ।
धनकाजी चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा यसपटक थपिएको क्यारेक्टर हो । काजी, बमकाजी पछि धनकाजीको इन्ट्री भएको छ । विगतमा दयाहाङ राई र सौगात मल्ले धानेको कबड्डीको काजी विरासत यसपटक विल्सनको काँधमा समेत आएको छ । ट्रेलरमा सोल्टिनी पाउनका लागि काजी र धनकाजी बिचको घम्साघम्सी देख्न सकिन्छ ।
‘कबड्डी कबड्डी कबड्डी’ ‘कबड्डी’को तेस्रो सिरिज हो । रामबाबु गुरुङ निर्देशित चलचित्र असोज ३ गतेबाट प्रदर्शनमा आउने छ । स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्वन्धको अन्तरद्वन्द रहेको चलचित्रमा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य र विल्सनविक्रम राई, रिश्मा गुरुङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, कविता आले, बुद्दि तामाङ, लुनिभा तुलाधर, विजय बराल, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, राजन खतिवडा, मणि के राई, डिबि गुरुङ, राजेन्द्र थापालगायतका कलाकारको अभिनय छ ।
बासुरी फिल्मस र सिनेमा आर्टको प्रस्तुति रहेको चलचित्रसँग माउन्टेन स्टोरिज र नौमती इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेका छन् । मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारले लगानी गरेको चलचित्रका सहलगानीकर्ता रुदेन सदा लेप्चा छन् । चलचित्रमा शैलेन्द्र ध्वज कार्कीको छायाँकन, सुरेन्द्र पौडेलको सम्पादन, हर्क साउदको शब्द, एसडी योगीको संगीत, हेमन्त राना र ऋतिका श्रेष्ठको स्वर र रेनशा राई राणाको नृत्यनिर्देशन रहेको छ ।
Do Watch Wilson Bikaram Rai's Featured Movie
Know more about Wilson Bikaram Rai's Filmography
Know more about Kabaddi Kabaddi Kabaddi's Full Cast
Know more about Kabaddi Kabaddi Kabaddi's Full Crew
For more News about Kabaddi Kabaddi Kabaddi
Do Watch Kabaddi Kabaddi Kabaddi's Trailer
Do Watch Kabaddi Kabaddi Kabaddi's Songs
New Releases (Jestha 23)
-
Jante Bakhro
Director : Simosh Sunuwar
Casts : Saugat Malla, Aasif Shah, Garima Sharma, Lokendra Lekhak, Bishal Pahadi
Next Releases (Jestha 30)
-
Mahabhoj
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Dayahang Rai, Khagendra Lamichhane, Malika Mahat, Gaumaya Gurung -
Viral Gorkhey
Director : Nigam Shrestha
Casts : Saugat Malla, Shristi Shrestha, Buddhi Tamang, Laxmi Giri, Rajaram Poudyal