Wilson Bikram Rai   

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘सेन्टी भाइरस’को गीत सार्वजनिक

लेन्सनेपाल २०७६ पौष ३
‘सेन्टी भाइरस’को गीत सार्वजनिक

चलचित्र ‘सेन्टी भाइरस’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक ‘फनफनी’ बोलको गीतमा डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको छ ।  गीतमा मोडल अञ्जली अधिकारीका साथै कलाकारहरु सिताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायतको नृत्य रहेको छ । शंकर विसीले गीतको कोरियोग्राफी गरेका हुन् । 

सुबिहानी फिल्मस् प्रा.ली.को ब्यानरमा निर्माण भएको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत, शैलेन्द्र डि कार्कीको छायाँकन, नबिन घर्तिमगरको सम्पादन र कुमार कट्टेल र दीपक आचार्यको लेखन रहेको छ ।

२ करोडको लागतमा बनेको चलचित्रका निर्माता डिन्डु लामा ह्योल्मो हुन् भने सहनिर्माता फूर्पा लामा हुन् । चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिने जनाइएको छ ।