Vijay Lama
Movie's Credit : Cast / Music Director
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भुवनलाई लाईफटाइम लिजेन्ड्री, सुवेदीलाई पत्रकारिता पुरस्कार
छायाछवि क्रियसनले आगामी २६ चैतमा आयोजना गर्न लागेको १२ औं संस्करणको डी सिने अवार्डका लागि सम्मान एवं पुरस्कारको घोषणा गरेको छ । क्रियसनले छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्ड, छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष र महिला) र छायाछवि चलचित्र पत्रकारिता पुरस्कारको घोषणा गरेको हो।
यसअनुसार यस वर्षको छायाछवि लाइफटाइम लिजेन्ड्री अवार्डबाट नेपालकी पहिलो अभिनेत्री भुवन चन्द सम्मानित हुँदै छन् । २०२२ सालमा निर्मित चलचित्रआमामा अभिनय गरेर नेपालकै पहिलो अभिनेत्री बनेकी भुवनले यसपछि हिजो आज भोली, दुई थोपा आँसु, कोसेली सीमारेखा, नेपालीबाबुलगायत धेरै चलचित्रहरूमा अभिनय गरेकी छन् ।
त्यस्तै, छायाछवि चलचित्रकर्मी रजत सम्मान (पुरुष) अभिनेता विजय लामालाई प्रदान गरिने भएको छ । २०४१ सालमा चलचित्र आदर्श नारीबाट अभिनय यात्रा सुरु गरेका विजयले कोसेली, चोखो माया, ट्रक ड्राइभर, आर्मी, होमवर्क, इन्टुमिन्टु लण्डनमालगायतका करिब २ दर्जन चलचित्रमा अभिनय गरेका छन् । केही हलिउड चलचित्रमा पनि अभिनय गरिसकेका लामा नेपाल एयरलाइन्सका सिनियर पाइलटसमेत हुन् । यस्तै छायाछवि चलचित्रकर्मी रजत सम्मान (महिला) अभिनेत्री तथा निर्देशक झरना थापालाई प्रदान गरिने भएको छ । २०५३ सालमा चलचित्र दाइजोबाट नेपाली रजतपटमा पाइला चालेकी झरनाले धर्मसङ्कट, गोर्खाली, बादलपारि, जीवनसाथी, पूर्णिमा, ए मेरो हजुर, मेरी आमा, बिदाई, ओमलगायतका चलचित्रमा अभिनय गरिसकेकी छन् । उनले चलचित्र ए मेरो हजुर २ बाट निर्देशनमा डेब्यु गरेकी हुन् ।
यस्तै छायाछविले पत्रकार विष्णु सुवेदीलाई छायाछवि चलचित्र पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरेको छ । रेडियोबाट पत्रकारिता सुरु गरेका सुवेदीले टेलिभिजन हुँदै पछिल्लो समय अनलाइनका माध्यमबाट पत्रकारिता गरिरहेका छन् । डेढ दशकदेखी पत्रकारितामा संलग्न सुबेदी लेन्सनेपालडटकमका संस्थापक हुन् ।
New Releases (Kartik 14)
-
Paran
Director : Dipak Acharya
Casts : Nir Shah, Mahesh Tripathi, Anjana Baraili, Keki Adhikari, Madan Krishna Shrestha
Next Releases (Kartik 21)
-
Jaari 2
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Bijay Baral, Buddhi Tamang, Reecha Sharma -
Man Binako Dhan
Director : Tanka Budhathoki
Casts : Ashok Darji, Neeta Dhungana, Saroj Khanal, Buddhi Tamang, Bholaraj Sapkota

