Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

असार ३ मा ‘चिसो मान्छे’

लेन्सनेपाल २०७८ माघ २६
असार ३ मा ‘चिसो मान्छे’

पूर्व निर्धारित मितिमा स्थानिय तहको निर्वाचन घोषणा भएपनि चलचित्र ‘चिसो मान्छे’को प्रदर्शन मिति परिवर्तन गरिएको छ ।

यसअघि २०७९ बैशाख ३० गतेका लागि प्रदर्शन मिति तय गरिएको अब भने यो चलचित्र असार ३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

अभिनेत्री स्वस्तिमा खड्काको फस्टलुकसहित चलचित्रको नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो । दीपेन्द्र के खनालको लेखन, छायांकन र निर्देशन रहेको चलचित्रले चिसा मानिसहरुको कथा भन्ने जनाइएको छ ।

शर्मिला पाण्डेको निर्माण रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् । स्वस्तिमा यो चलचित्रमा जुम्लाकी एक महिलाको भूमिकामा देखिएकी छन् ।