Swastima Khadka
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक, डेट जाँदै स्वस्तिमा र मुकुन !
चलचित्र ‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । पहिलो टिजरमा परिचय गरेका चलचित्रका मुख्य कलाकारहरु स्वस्तिमा खड्का र मुकुन भुषलले दोस्रो टिजरमा डेटिङको कुरा गरेका छन् । टिजरमा अभिनेत्री स्वस्तिमा खडकालाई टेम्पो चालक र डेव्यु अभिनेता मुकुन भुषाललाई यात्रुका रुपमा देखाइएको छ ।
टेम्पोचालक महिलालाई केन्द्रमा राखि निर्माण गरिएको चलचित्रलाई विनोद पौडेलले निर्देशन गरेका हुन । बिनोद नेपालको पहिलो फिल्म कलेज ओस्कर कलेजका प्रिन्सिपल पनि हुन । अविरल थापाले निर्माण गरेको चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रमा सुसन प्रजापतिको छायाँकन, कोशिस क्षेत्री र उदगम परियारको संगीत र निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ ।
चलचित्रमा स्वस्तिमा र मुकुनका अलावा बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्जल अधिकारी, सृष्टि भट्टराईलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र भ्यालेन्टाइन डेको छेको पारेर फागुन ३ गतेबाट प्रदर्शन हुँदैछ ।
New Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire
Next Releases (Poush 10)
-
Muglan
Director : Aashish Dhakal
Casts : Prabhat Pal, Smarika Dhakal, Shree Shivanshi, Dinesh D.C., Moti Subedi -
The Blue Light
Director : B.C Gatsby
Casts : Benisha Hamal, Shristi Shrestha, Mahesh Tripathi, Arpan Thapa, Ayushman Desraj Joshi




