Swastima Khadka   
Movie's Credit : Cast / Special Appearance
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

‘छैठौं इनास फिल्म अवार्ड’ सम्पन्न, विपिन र स्वस्तिमा उत्कृष्ट

लेन्सनेपाल २०७६ असोज २८
‘छैठौं इनास फिल्म अवार्ड’ सम्पन्न, विपिन र स्वस्तिमा उत्कृष्ट

‘छैठौं इनास फिल्म अवार्ड’ सम्पन्न भएको छ । राजधानीमा सम्पन्न अवार्ड समारोहमा बरिष्ठ संगीतकार रञ्जित गजमेरलाई लाइफटाइम अचिभमेण्ट अवार्ड अर्पण गरिएको छ भने बिभिन्न १२ बिधामा अवार्ड प्रदान गरिएको छ । 

एनआरएन सम्मेलनको छेको पारेर गरिएको अवार्ड समारोहमा एनआरएनहरुको उपस्थिति देखिए पनि चलचित्रकर्मीहरुको उपस्थिति भने ज्यादै न्यून थियो । यद्यपी आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कि नवनियुक्त अध्यक्ष कमला दाहालले अवार्डलाई आगामी दिनमा अझ परस्कृत र भव्य रुपमा आयोजना गर्ने बताएकी छिन ।

यस्तो छ ‘छैठौं इनास फिल्म अवार्ड’ का विजेताहरुको सूची 
 
१. उत्कृष्ट चलचित्र

बुलबुल
 
२. उत्कृष्ट निर्देशक

विनोद पौडेल – बुलबुल
 
३. उत्कृष्ट अभिनेता

विपिन कार्की – प्रसाद  
 
४. उत्कृष्ट अभिनेत्री

स्वस्तीमा खड्का – बुलबुल 
 
५. उत्कृष्ट लेखन

सुशील  पौडेल – प्रसाद
 
६. उत्कृष्ट सम्पादन

निमेष श्रेष्ठ – साइँली
 
७. उत्कृष्ट छायांकन

पुरुषोत्तम प्रधान – छक्का पञ्जा ३
 
८. संगीत

दिपक शर्मा – छक्का पञ्जा ३ – पहिलो नम्बरमा
 
९. गायन (पुरुष)

प्रताप दाश – रोज – फुल होइन काँडा
 
१०. गायन (महिला)

प्रविशा अधिकारी – रोज – फूल होइन काँडा
 
११. नृत्य निर्देशन

कविराज गहतराज – भैरे – सान्नानीलाई भेट्न

१२. जुरी अवार्ड

दिपेन्द्र लामा – गोपी

दिपाश्री निरौला – छक्का पञ्जा ३